फुल्दाफुल्दै काँडाबीच हाँसेकै छ थुङ्गे फूल
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।
आँधीहुरी खेप्दै जीवन बगिरहन्छ गङ्गा जस्तै
त्रिवेणी भई छुट्छ जीवन देउरालीको ढुङ्गासँगै
माझीविनै मनको जङ्घार तरेकै छ माया फूल
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।
दु:ख-सुख इन्द्रेणी हो, नियति हो घामपानी
सम्झनाको चिनो छाडी डुब्छ कतै जिन्दगानी
झर्दाझर्दै गहबाट फुलेकै छ थुङ्गे मन
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।।
Monday, May 4, 2009
Subscribe to:
Post Comments (Atom)
kishor dai.....
ReplyDeletegeet ta babal lekhnuhudoraichha ni....
hamilai nasunaune kina ho???
विम्व र शिल्पमा सम्पन्न किशोर ।
ReplyDeleteविचारमा गरिब विचरा किशोर ॥