मेरो माया बगाइलाने फर्किएन खोला
बगर भई कुर्दाकुर्दै बित्यो थुङ्गे चोला ॥
सम्झनाले पोलिरन्छ दिलको दाँया बाँया
बगिजाने मायालुमै रह्यो गाढा माया
खोलासँगै बगिजाँउ त कहाँ पुग्ने होला
किनार भई रुँदा-रुँदै सुक्यो थुङ्गे चोला ॥
माया भन्नु जीवनभरि दुख्ने घाउ रैछ
मन भन्नु खुशी मर्ने रुखो ठाउँ रैछ
उजाड छ मनको बस्ती आँसु बन्छ खोला
आशै आशमा डुब्दाडुब्दै डुब्यो थुङ्गे चोला ॥
- २०५९-०९-१६
Tuesday, June 23, 2009
Subscribe to:
Post Comments (Atom)
सशक्त शिल्पमा जसरी किशोर चाम्लिङको दिल दुखेको छ अब त्यसरी नै उनलाई देश पनि दुख्नेछ ।
ReplyDelete