Monday, May 4, 2009

किशोर चाम्लिङ

-विक्रम चेतनशील राई
त्यही बाटो हो जहाँ कुनै दिन
हामी सँगै-सँगै हिँडेका थियौं
र त्यही बाटोको चौतारीमा सुस्ताउँथ्यौं
सायद उनको मूलबाटो होइन त्यो
पटक्कै होइन
त्यसैले त उनलाई अचेल त्यता भेटिँदैन
कहिलेकाहीं मेरै बाटोबाट देख्छु उसलाई
उसकै बाटोमा खुइया गर्दै गरेको
यदि हामी सँगै हिँडेको पहिलेको बाटो
त्यतै कतै चौतारीमा भेटियो भने
सोध्न मन लागेको छ
साँच्चै यसपालिको वसन्तमा जुगेपानीतिर
कोइलीहरुले विरह भाका उराल्यो उराले न
किशोर चाम्लिङ ?

1 comment:

  1. तर
    चेतनशील दाइ!
    दुःखको कुरा-
    अहँ आजकाल
    भेटिदैन किशोर चाम्लिङ जुडेपानीमा
    र सुनाउदैन उसले
    कोइलीको 'कुहुकुहु' पनि
    आजकाल त ऊ
    ललितपुरको नखिपोटमा भेटिन्छ
    र सुनाउछ सधैं
    ट्याम्पुको त्यै 'ट्वार्-ट्वार्'

    ReplyDelete