Tuesday, June 2, 2009

चमेली

रचनाः- किशोर चाम्लिङ
संगीत/स्वरः- पावल चाम्लिङ राई

बगैंचाको कुन डालीमा फुल्यौ चमेली
जुहारीमा माया गाँस्ने भुल्यौ हलेसी ।

रनवन शुन्य लाग्छ छैन बाँसुरी
मेलापात पँधेरीमा रुन्छ सारङ्गी
आफैलाई बिर्सिएर भुल्यौ गाउँबेंसी
जुहारीमा माया गाँस्ने भुल्यौ हलेसी ।

बाटो हेर्दै थाकिसके साल्पापोखरी
फर्क अब गोडौं हामी आफ्नै फूलबारी
आफ्नै माटो सँगालेर गरौं लेक-बेंसी
मालाथुम्की साकेला र मेला हलेसी ।

1 comment:

  1. किशोर चाम्लिङ गीत लेख्नलाई नै जन्मिए जस्तो छ ।

    ReplyDelete