Tuesday, June 23, 2009

गाउँ छ अध्याँरो

छेउमै बग्छ दूधकोशी गाउँ छ अध्याँरो
दिन बित्छ धाउँदैमा पानी पँधेरो
कहिले होला उज्यालोको जीवन जिउने
आँगनमा धित मरुन्जेल पानी पिउने ।

रातोदिन दुःख गर्‍यो लाग्छ अनिकाल
बर्षौं भयो आङ् फाटेर भाको बेहाल
कहिले होला पेटभरि खान पाउने
नाङ्गो आङमा एकसरो भोटो लाउने ।

घरभित्रै शीत झर्ने अर्धानो छ छानो
दुखियालाई कठै भनी कसले भर्ने मानो
कहिलेसम्म अभावको प्यास पिउने
तिर्खाएको माझी भई जीवन जिउने ।।

4 comments:

  1. उज्यालो बाटो, उज्यालो पाइला !

    ReplyDelete
  2. दाइ ब्ल्गमा त खुब राम्रा राम्रा रचना पस्किनुहुन्छ सुनाउने कुरामा जहिले पनि धोका दिनुहुन्छ नि हउ.... क्यान हो यस्तो???

    ReplyDelete
  3. We have to make charmful our Gaun ourselves.I like your all lyrics but this one is the best. Thank you

    ReplyDelete
  4. Gaun gharka badana sarai ramrari paskanu bhayako 6, Andhakar bata lamkadai jada Yojalo tira abasya pugiyala Ni.

    ReplyDelete